Deneme Bonusu Veren Siteler
आइतवार, साउन ३, २०८३
Sunday, July 19, 2026

काठमाडौं – महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार गरिने दिन सोमवार काठमाण्डूको कपनस्थित सेतो गुम्बामा उनको आत्माको चिर शान्तिको कामना गर्दै भिक्षुहरूले प्रार्थना गरेका छन् ।महारानीप्रति सम्मान प्रकट गर्ने क्रममा त्यहाँ बौद्धधर्मका मन्त्रोच्चारण गरिनुका साथै दीप प्रज्वलन गरिएको थियो । त्यस क्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट र गोर्खा समुदायको प्रतिनिधित्व गर्दै महारानीको अर्डर्लीका रूपमा काम गरेका यामबहादुर रानाले बत्ती बालेका थिए ।त्यसअघि सोमवार बिहानै काठमाडौंको गोदावरीमा महारानी एलिजाबेथ द्वितीयाले सन् १९८६ मा नेपाल भ्रमण क्रममा रोपेको एउटा वनस्पतिमा समेत पुगेर महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । फूल चढाउँदै त्यहाँ एक हिन्दू पण्डितद्वारा मन्त्रोच्चारण गराइएको थियो ।

तपाईको प्रतिक्रिया