Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका लागि सम्पूर्ण टिकेट सोल्ड आउट भएका छन्। प्रतियोगिताको आधिकारिक अनलाइन टिकेट पार्टनर खल्तीले टिकेट उपलब्ध गराएको तीन दिनभित्र सबै टिकेट सोल्ड आउट भएको हो।

डिजिटल वालेट खल्तीले सोमबार मात्रै टिकेटलाई आफ्नो प्लेटफर्ममा सार्वजनिक गरेको थियो। एक दिनभित्रै सम्पूर्ण भीआईपी टिकेट बिक्री भएकोमा अहिले सामान्य टिकट पनि सबै बिक्री भइसकेका छन् । उद्घाटन खेलका लागि भीआईपी टिकेटको मूल्य ७०० रुपैयाँ र सामान्य टिकेट ३०० रुपैयाँ तोकिएको थियो। अन्य खेलका लागि सामान्य टिकेट ३०० रुपैयाँ र भीआईपी टिकेट ५०० रुपैयाँमा उपलब्ध हुनेछ।

त्यस्तै, सिजनभरका खेलहरू हेर्नका लागि साधारण र भीआईपी दुवै प्रकारका सिजनल टिकेट पनि बिक्रीमा राखिएको छ। साधारण सिजनल टिकेट छुटसहित ४ हजार ४८० रुपैयाँमा र भीआईपी सिजनल टिकेट ८ हजार २८० रुपैयाँमा उपलब्ध छ। १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुने यस लिगमा आठ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

 

 

तपाईको प्रतिक्रिया