Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सट्टेबाजी गराउँदै गरेको अवस्थामा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन्।

यसअघि, सट्टेबाजीमा संलग्न रहेको आरोपमा चारजना भारतीय नागरिकलाई पनि ब्यूरोले पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरूमा २४ वर्षीय सुमन घोष (कोलकाता), अमित यादव (कानपुर, उत्तर प्रदेश), २७ वर्षीय सुमन्त कुमार (बिहार), र ३० वर्षीय ब्रजेश कुमार (बिहार) रहेका छन्।

सीआईबीले सट्टेबाजी नियन्त्रण गर्न जारी कारबाहीलाई तीव्र बनाउँदै अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया