Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय संगीतकार ए.आर. रहमानलाई दिल्ली उच्च अदालतले गीत चोरीको आरोपमा दुई करोड भारतीय रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ। यो मुद्दा ऐश्वर्या राय बच्चन अभिनीत फिल्म ‘पोन्नियिन सेल्वन २’ को चर्चित गीत ‘वीर राजा वीर’सँग सम्बन्धित छ। अदालतको भनाइ अनुसार उक्त गीत प्रसिद्ध शास्त्रीय गायक उस्ताद फैयाजुद्दीन र वासिफुद्दीन डागरका बुबा र काकाले सिर्जना गरेको ‘शिव स्तुति’बाट चोरेर बनाइएको हो। अदालतले जरिवाना रकम अदालतको रजिस्ट्रार कार्यालयमा बुझाउन समेत आदेश दिएको छ।

सन् २०२३ मा पद्मश्रीबाट सम्मानित फैयाज वासिफुद्दीन डागरले दिल्ली उच्च अदालतमा उजुरी दर्ता गर्दै ‘पोन्नियिन सेल्वन २’ को ‘वीर राजा वीर’ गीत आफ्ना बुबा नासिर फैयाजुद्दीन डागर र काका जहीरुद्दीन डागरको ‘शिव स्तुति’को प्रतिलिपि भएको दाबी गरेका थिए। डागरले रहमान, निर्माण कम्पनी मद्रास टकीज र अन्य सरोकारवालामाथि गीतको प्रयोगमा प्रतिबन्ध लगाउन मागसमेत गरेका थिए।

‘पोन्नियिन सेल्वन २’ फिल्म सन् २०२३ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रमा ऐश्वर्या राय बच्चनसँगै चियान विक्रम, जयम रवि, त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपला, ऐश्वर्या लक्ष्मी र प्रकाश राज लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

 

तपाईको प्रतिक्रिया