Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

काठमाडौँ – ‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् । रेडियो कान्तिपुरले आफ्नो २४औँ वार्षिकोत्सवको अवसर पारेर यही असार २२ गते राजधानीमा आयोजना गर्न लागेको ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् ।कार्यक्रममा अलिले आफ्ना केही सांगीतिक प्रस्तुति समेत राख्नेछन् । आयोजकले सोमबार एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।

२०७८ साल साउनदेखि २०७९ साल साउनसम्म एक वर्षको अवधिमा रेडियो कान्तिपुरबाट प्रसारण भएका गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट ५ जनाको मनोनयन छनोट गर्न विशेष जुरी निर्माण गरिएको छ । अवार्डका लागि ७५ स्रष्टाको मनोनयन, १५ विधा अवार्ड वितरणको अलावा लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत वितरण हुनेछ ।

अवार्ड प्रदान गरिने विधाहरूमा उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक र गायिका, उत्कृष्ट पार्श्व गायक र गायिका, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट पक गायक र गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक र गायिका रहेका छन् । यस वर्ष अवार्डमा प्रकाश सपुत, स्वप्न सुमन र समीर श्रेष्ठ, सुशान्त, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया