Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026
अमेरिका- अमेरिकाको एट्लान्टास्थित डेकाटुरको ग्यास स्टेशनमा कार्यरत दामोदर पाठकको गोली हानी हत्या भएको छ।
ड्युटीमा रहेका पाठकमाथि रातको समयमा नजिकैबाट प्रहार गरेको गोली छाती र पेटमा लागेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। ग्रेडी मेमोरियल अस्पताल भर्ना गरिएका पाठकलाई चिकित्सकले बचाउन सकेनन्।
९ जनवरीको राति गोली प्रहार हुँदाको दृश्य स्टेशनको सीसीटिभीले रेकर्ड गरेको छ। रेकर्डअनुसार पाठकमाथि गोली चलाउने व्यक्ति कालो रंगको देखिएको छ।
ग्राहकको भेसमा आएको व्यक्तिले केहीबेर भनाभन गरेपछि गोली प्रहार गरि हिँडेको देखिन्छ। हत्या हुनु केही क्षण अघि मात्र पाठक दुई तीन पटक स्टोरबाट बाहिर भित्र गरेको देखिएको छ। पाठक काउन्टर भित्रै रहेको भए बुलेटप्रुफ सिसाको कारण गोलीबाट बाँच्न सक्ने स्थिति रहन्थ्यो।
हत्या गरिएका पाठक परिवार ललितपुरमा बसोबास गर्छ। १३ वर्षीय छोरी र ११ वर्षीय छोराका पिता दामोदर सन् २००७ मा अमेरिका पुगेका थिए।

तपाईको प्रतिक्रिया