Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

समाचार सुन्नुहोस : 

काठमाडौं — हास्यप्रधान कार्यक्रम कमेडी दरबार अब अमेरिकामा प्रस्तुत हुने भएको छ। आर्यन फिल्मस् प्रोडक्सन प्रा.लि. र माया इन्टरटेन्मेन्ट स्टुडियोबीच शनिबार औपचारिक सम्झौता भएपछि कार्यक्रमको घोषणा गरिएको हो। सम्झौतामा आर्यन फिल्मस् तर्फबाट सिइओ गोपाल कटुवाल र माया इन्टरटेन्मेन्टकी श्रद्धा प्रसाईँले हस्ताक्षर गरे।

आर्यन फिल्मस् अध्यक्ष रमेश एमके पौडेलले अमेरिकामा रहेका नेपालीहरूलाई हाँसो र मनोरञ्जन दिन कार्यक्रम आयोजना गर्न लागिएको बताए। कार्यक्रममा सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाका १० राज्यका १६ स्थानमा प्रस्तुति हुनेछ। जसमा टेक्सास, न्यूयोर्क, क्यालिफोर्निया, फ्लोरिडा लगायतका राज्य समावेश छन्।

कार्यक्रमको व्यवस्थापन अमेरिकास्थित नेपाली व्यवसायी पासाङ लामाले गर्ने छन्, जसले अमेरिका भर १५० भन्दा बढी रिटेल स्टोर सञ्चालन गरिरहेका छन्। अनुमानित खर्च डेढदेखि दुई करोड रुपैयाँ रहेको छ।

कार्यक्रममा सुजाता श्रेष्ठ, विश्वास तिम्सिना, हिमेश पन्त लगायतका कलाकार सहभागी हुनेछन्। आयोजकहरूले अमेरिकावासी नेपालीहरूलाई हास्य रसको भरपुर अनुभव लिन आग्रह गरेका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया