Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

सरकारी उच्च पदस्थबाट पहिलो पटक देहव्यापार अन्त्य गरिने प्रतिबद्धता
समुद्रपारि पुरस्कृत

टोकियो – बिगत १० वर्ष देखि यौनजन्य हिंसा एवं बाध्यात्मक देहव्यापार अन्त्य गर्न लागिपरिरहेको सामाजिक सँस्था रक्षा नेपालले हालै एक समारोहको आयोजना गरी आफ़्नो दशौं वाषिर्कोत्सव मनाएको छ ।

‘चुनौती, सुरक्षा, संघर्ष, रक्षा नेपालको दश वर्ष’ लगायतका नारासहित आयोजित वाषिर्कोत्सव समारोहमा पमुख अतिथिको आसनबाट बोल्दै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बाध्यतामा परी शरिर बेच्न विवशहरुका लागि छिट्टै नयाँ नीति ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले बाध्यात्मक रुपले यौन पेशामा संलग्न महिलाको उद्धार र पुनर्स्थापना गर्ने पवित्र कार्यमा निरन्तर क्रियाशील हुँदै आएकोमा रक्षा नेपालको प्रशंसा गर्दै आफु जिम्मेवारीमा भए पनि नभएपनि रक्षा नेपालको अभियानमा सँधै साथ दिने वचन दिनुभयो ।

असामयिकरुपमा आमाबाबु गुमाएपछि बेसहारा हुँदै सडकमा भौतारीरहेकी किशोरी मेनुका थापाले जीवन जिउनेक्रममा दोहोरी रेष्टुरेन्टमा गायिकाको रुपमा काम गर्दा यौनजन्य जोखिममा रहेका महिलाहरुलाई गोलबन्द गरी २०६० साल चैत्रमा रक्षा नेपालको स्थापना गरेकी थिइन् ।

स्थापनाको दशौं वर्ष गांठको सुखद उपलक्ष्यमा चैत्र १६ गते राजधानीमा बृहत र्‍यालीको आयोजना गरी लैनचौर, ठमेल, दरबारमार्ग परिक्रमा गर्दै कमलादीस्थित एक हलमा पुगी सभामा परिणत भएको थियो ।

र्‍यालीका सहभागीहरुले ‘आफ़्नो छोरीचेलीको अस्मिताको पहरेदार आफै बनौ, ‘बलात्कारीलाई फासी नै चाहिन्छ भनौ’, ‘बलात्कारीलाई सामाजिक बहिष्कार गरौ’, ‘रक्षा नेपालको अभियान-बाध्यात्मक देहव्यापार मुक्त नेपालको पहिचान’, ‘हिंसा हाम्रो सँस्कार हैन’, ‘चुनौती, सुरक्षा, संघर्ष-रक्षा नेपालको दश वर्ष’ जस्ता नारा भएका प्ले कार्ड बोकी पञ्चेबाजा र झाँकीसहित सहर परिक्रमा गरेका थिए ।

वार्षिकोत्सव समारोहमा रक्षा नेपाललाई बिगतका दिनहरुमा नजिक बाट सघाउने मिडिया, परोपकारी व्यक्ति, १० औं वर्ष सफल पार्न तन, मन, धन दिएर सहयोग गर्ने ब्यक्तित्वहरुका साथै रक्षा नेपालले पुनर्स्थापना गरेको महिलाहरुलाई सम्मान गरेको थियो ।

यसैगरी रक्षा नेपालको अभियानलाई महत्वकासाथ जनमानसमा पुर्‍याउने भूमिका निर्बाह गर्ने दैनिक, साप्ताहिक र मासिक पत्रिका, टिभी, एफएम रेडियो लगायत अनलाइन मिडियाहरुलाई सम्मान पनि गरिएको थियो । अनलाईन बिधाबाट भने जापानबाट सञ्चालित समुद्रपारि डट कम पुरस्कृत भएको थियो । रक्षा नेपालको अभियानलाई जापानमा लगायत बिश्वभर छरिएर रहेका नेपाली दाजुभाइ तथा जापानी समुदायमा परिचित गराई आर्थिक र भौतिक सहयोग जुटाउन ठूलो भूमिका खेलेको भन्दै समुद्रपारि डट कमलाई सम्मान गरिएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताउनुभयो । त्यस्तै आगामी दिनहरुमा पनि रक्षा नेपालको अभियानलाई सघाउने मिडियाहरुलाई सम्मान गर्दै जाने कार्यक्रम रहेको अध्यक्ष थापाले जानाकारी दिनुभयो ।

वार्षिकोत्सव समारोहमा मिसेस नेपाल २०१३ कि विजेता रजनी थापाको आर्थिक सहयोगबाट तयार पारिएको ‘रक्षा नेपालको दश वर्ष’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो, जुन पुस्तकमा रक्षा नेपालको बिगतदेखि बर्तमानसम्मका सबै गतिबिधिहरु समेटिएका छन् ।

वार्षिकोत्सव समारोहमा काठमाडौं जिल्लाका प्रजिअ बसन्तराज गौतम, डिएसपी गंगा पन्त, महानगरीय प्रहरीका प्रहरी नायव उपरिक्षकलगायत पत्रकार, कलाकार, समाजसेवी तथा अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । समारोहमा वरिष्ठ गायिका तथा समाचारवाचिका कोमल वलीलगायतका कलाकारहरुको साँगीतिक प्रस्तुती पनि रहेको थियो । ***

Ra 1 Ra 2 Ra 3 Ra 4 Ra 5 Ra 6 Ra 7

 

तपाईको प्रतिक्रिया