Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

फेमिली फङ्सन होस् वा फेस्टिभ सिन वा ब्राइडल मौसम, हिजोआज फ्लेयर्ड पहिरनको धुम छ। यस्ता आउटफिटमा ट्रेडिसनल फिल हुनुका साथै ग्रेसफुल पनि देखिन सकिन्छ । नयाँ शैलीमा ट्रेडिसनल टचसहित फ्लेयर्ड स्टाइल अनारकली हिजोआज चलनचल्तीमा छ । यी ड्रेसको सेले क्सनमा विचार भने पुर्‍याउनुपर्ने हुन्छ ।

हेभी बडी

यदि मोटी हुनुहुन्छ वा हिप हेभी छ भने अनारकली ड्रेसको घेरा एम्पायर लाइनबाट सुरु गर्नुपर्छ । यसबाट हिप्सको कमी हराउँछ । यसो गर्दा ड्रेस धेरै लुज नहोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ।

मोटी महिलाहरूले अनाकरलीका लागि फ्याब्रिक चयन गर्दा सिफन, जर्जेटजस्ता सफ्ट र फ्रि फ्लोइङ फ्याब्रिकलाई प्राथमिकता दिनुपर्छ। मोटीहरूले भेल्भेट, ब्रोकेडजस्ता स्टिफ र हेभी फ्याब्रिक छनौट गर्नुहुँदैन । इच्छा छ भने त्यसको प्रयोग प्याच, बोर्डर आदिका लागि गर्न सकिन्छ ।

मोटी महिलाहरूले डार्क कलरलाई नै रोजाइमा पार्नुपर्छ, यदि लाइट सेड लगाउनु छ भने लाइलेक, पिचजस्ता सफ्ट सेड छनौट गर्नुपर्छ, तर पहिरनको इम्ब्रोइडरी डार्क कलरको हुनुपर्छ ।

मोटी महिलाहरूले हल्का इम्ब्रोइडरी भएका ड्रेस लगाउनुपर्छ, हेभी इम्ब्रोइडरी वा ठूल्ठूला प्रिन्ट्समा उनीहरू अझ बढी मोटी देखिन्छन् ।

स्लिम बडी

स्लिम फिगर भएका माहिलाले अनारकली ड्रेसको घेरा कम्मरबाट सुरु गर्न सक्छन्। यसबाट उनीहरूको फिगर अझ सुन्दर देखिन्छ।

स्लिम फिगर भएका महिलाले अनारकली ड्रेसको लम्बाइ घुँडा वा त्योभन्दा कम राख्न सक्छन् ।

स्लिम फिगर भएका महिलाले अनारकली ड्रेसका लागि फ्याब्रिक चयन गर्दा केही सोच्नुपर्ने आवश्यकता छैन । कारण उनीहरूलाई कुनै पनि फ्याब्रिक सुट हुन्छ ।

यदि धेरै स्लिम हुनुहुन्छ भने धेरै कली भएको अनारकली कुर्ता सेलेक्ट गर्नुपर्छ ।

धेरै स्लिम फिगर भएका महिलाले बोल्ड प्रिन्ट्स, ठूल्ठूलो मोटिफ वा हेभी इम्ब्रोइडरीयुक्त पहिरन लगाएर आफ्नो दुब्लोपनलाई लुकाउन सक्छन् ।

स्मार्ट आइडियाज

अनारकली ड्रेसको लम्बाइ बढाएर त्यसलाई ट्रेडिसनल गाउनका रूपमा प्रयोग गर्न सकिन्छ ।

अनारकली ड्रेसको विशेषता भनेकै मोटो र पातलो शरीर भएका दुवैथरि महिलाले लगाउन सक्नु हो ।

बढ्दो उमेरका महिलाहरू पनि अनारकली ड्रेसमा युवा देखिन्छन् ।

मोडर्न एप्रोच

ट्रेडिसनल फङ्सनमा यदि वेस्टर्न पहिरन लगाउन चाहनुहुन्छ भने गला र हेमलाइनमा इम्ब्रोइडरी गरिएको कफ्तानलाई रोजाइ बनाउन सकिन्छ ।

हेभी इम्ब्रोइडरी भएको ज्याकेटका साथमा घेरा भएको स्कर्ट लगाउनु पनि राम्रो मानिन्छ ।

यति बेला बेलबटम स्कर्टको लोकपि्रयता बढ्दो छ । यसलाई पनि ट्राइ गर्न सकिन्छ ।

यसैगरी ट्रेडिसनल इम्ब्रोइडरीयुक्त मेक्सी पनि लगाउन सकिन्छ वा मेक्सीका साथ पारम्परिक जडाउ ज्वेलरीमा सजिन सकिन्छ ।

योङ्ग र स्लिम हुनुहुन्छ भने घुँडासम्म लामो स्कर्ट वा ड्रेस लगाउन सकिन्छ ।

मोडर्न लुकका लागि सिफन, जर्जेटका प्लेन स्कर्टका साथमा इम्ब्रोइडर्ड चोली वा कोर्सेट उपयुक्त हुनसक्छ । यसबाट बडीलाई पर्फेक्ट सेप प्राप्त हुन्छ।

स्टार पावर

फेसन र चलचित्र कलाकारबीच नङ-मासुजस्तो सम्बन्ध हुन्छ । ग्ल्यामर वल्र्डका स्टारहरूले जुन आउटफिट प्रयोग गर्छन् प्रायः गरी त्यही नै फेसन बन्छ । अनारकली ड्रेसलाई पपुलर बनाउने क्रेडिट विद्या बालन, ऐश्वर्या राय, माधुरी दीक्षित, करिना कपुर, काजोल, करिश्मा कपुर, दीपिका पादुकोण, रबिना टण्डन, पि्रयंका चोपडा आदि कैयन् अभिनेत्रीलाई दिन सकिन्छ । उनीहरूले अनारकली ड्रेसलाई सधैँ सुन्दर तथा आकर्षक शैलीमा प्रस्तुत गरेको पाइन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया