Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौ – पछिल्लो समय सार्वजनिक यातायातका साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको तथा चाडवाडका बेला टिकटको कालो बजारी गरेको गुनासो आएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको नियन्त्रण गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्याललाई निर्देशन दिएका छन् ।

बस तथा जीप काउन्टरहरुमा सरकारले तोकेको भाडा दर सूची नराखिएको तथा यात्रुहरुबाट चर्को भाडा असुलेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले बस तथा जीप काउन्टरको अनुगमन गर्न समेत निर्देशन दिएका छन् । प्रधानमन्त्रीले यात्रुहरुबाट चर्को भाडा असुल्नेलाई तत्काल कारवाही गर्न पनि निर्देशन दिएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए ।

चर्को भाडा असुलेको पाइएमा तत्काल सम्बन्धित निकायमा खवर गर्नका लागि सार्वजनिक नम्बरको व्यवस्था गर्न पनि प्रधानमन्त्रीले भनेका छन् ।

त्यस्तै राजमार्गका होटलहरुमा अनुगमन गरिए पनि ती होटलहरुमा सुधार नभएको तथा ग्राहकहरुलाई ठग्ने प्रवृत्ति नरोकिएको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्ता व्यापारीलाई कारवाही गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया