Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

anuj

खुट्टामा चप्पल नहुनेहरु
पजेरो चढेर हिंडे
एक आना जग्गा नहुनेहरुले
आलिशान वंगला किने
हिजोसम्म खद्दरको लुगा लाउँथे
आज व्रिटिस टाई लाउँछन्
देश घिसारेर दिल्ली पुर्‍याए
तैपनि राष्ट्रियताको गीत गाउँछन्
यस्ता हुतिहारा नेताहरुलाई
बल्ल मैले चिनें
तपाई नै भन्नुस् अब
म किन भोट दिने ?

जनतालाई बलिको बोको बनाई
पुर्‍याए आफ्नो धोको
हेर्ने फुर्सद छैन यिनलाई
जनताको मन रो’को
संविधान र पहिचान दिन्छु भन्दै
आश्वासनको पोको वाँड्ने
संविधान लेख्ने बेलामा
आफ्नो गति छाड्ने
जनताको संविधान लेख्ने बेला
दिल्ली र वेइजिङ्ग डुल्न हिंडे
यस्ता फिरन्ते नेतालाई
तपाई नै भन्नुस् अब
म किन भोट दिने ?

यी नेताहरुले संविधान बनाउँदैनन्
यिनीहरुलाई संविधान चाहिएकै छैन
देशलाई माया गर्ने देशभक्त नेता
एउटा पनि पाइएकै छैन
कमाई खाने केही छैन
महंगीले आकाश छोएको छ
सँधै बन्द, हडताल र जुलुस
जनताको मन रोएको छ
बनाउन र दिन जानेकै छैनन्
पाए उल्टै देशकै लिने
तपाई नै भन्नुस् अब
यस्ता ठगी खान पल्केकाहरुलाई
म किन भोट दिने ?

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया