Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026
सयपत्री र भाइटीका   (गजल)
   – जीवराज बुढाथोकी
tihar ful
भाइटीका बोलाउने, सयपत्रीका यी थुंगा !
मातालक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा !!
सुन्दर पहेंला देख्दा, आकर्षक र हलुंगा,
स्नेह भाव सजाउने, सयपत्रीका यी थुंगा !!
माला सुन्दर अरु, जति होउन् मोती मुंगा,
गलामाथि सुहाउने, सयपत्रीका यी थुंगा !!
परदेश भाइ घर, बहिनी छातीमा ढुंगा,
सम्झी मन रुवाउने, सयपत्रीका यी थुंगा !!
फर्के परदेशी गाउँ, चढेर जहाज डुंगा,
अवसर यो लाउने, सयपत्रीका यी थुंगा !!
रुने जुवा खेली हार्ने, जित्ने ती मुसार्ने जुंगा,
जे होस् मन बुझाउँने, सयपत्रीका यी थुंगा !!
फलफूल मसला र, सगुन सब्जी पालुंगा,
देउसीभैलो सम्झाउने, सयपत्रीका यी थुंगा !!
भाइटीका बोलाउने, सयपत्रीका यी थुंगा !
मातालक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा !!
 शुभ-दीपावली २०७० को मंगलमय शुभकामना !!
(खलंगा ९, सल्यान हाल मैतीदेवी, काठमाडौं)

दीपावली

(गज़ल)   – कल्पना पौडेल “जिज्ञासु”

दिपावली राम्रो सँग मनाउनु है भाइ
देउसी भैलो गाउदै रमाउनु है भाइ ।
दिदी बैनी दाजु भाई सबै जम्मा भई
एक आपसमा ममता खनाउनु है भाइ ।
म साथमा नहुँदा नरमाइलो नमानी
मीठा मीठा परिकार बनाउनु है भाइ  ।
अर्को साल तिहारमा दिदी आउछे भनि
हर्ष उल्लास घरमा जनाउनु है भाइ ।
सप्तरंगी टिका निधारमा लगाएर
बहिनीलाई उपहार छनाउनु है भाइ ।
(गैडाकोट ४, नवलपरासी,  हाल इजरायल)

तपाईको प्रतिक्रिया