Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
अझै कति रांगाखसी यो दशैमा मर्ने होलानKalpana  Paudel
मानबरुपी दानबले आफ्नो पेट भर्ने होलान
मासुको बिलो लाउदा हानालुछी गर्दै राक्षस
रक्सीको सितन बनाइ मोजमस्ती गर्ने होलान
काली लाई खुशी पार्न बली दिनुपर्छ भन्दै
मैले ढाल्छु भनि पापीहरु अघि सर्ने होलान
संधैं संगै चर्ने साथी अचानक हराउदा …
खरबारीमा रांगाबोका रुदै कठै चर्ने होलान
चाडपर्बको निहुं पारी प्राणीहरुको हत्या गर्दा
सृस्‍टि रच्ने प्राणदाता पनि तीनछक पर्ने होलान !!!
गैडाकोट-४, नवलपरासी
 हाल: इजरायल

तपाईको प्रतिक्रिया