Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

अन्त्वेर्पेन – अन्त्वेर्पेन बेल्जियममा मंगलबार बसेको पत्रकारहरूको भेलाले नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य सन्तोस न्यौपाने माथि गत १९ अगष्ट २०१३ का दिन बुग्रे बेल्जियममा जीवन शर्माबाट भएको सांघतिक हमला माथि नेपाल पत्रकार महासंघ यूरोप र बेल्जियम स्थित पत्रकारहरुले सामुहिक आवाज निकाल्दै बिभिन्न निर्णयहरु गरेका छन ।

पत्रकारमाथि भएको भौतिक आक्रमण बारे ध्यानाकर्षण गर्दै नेपाल पत्रकार महासंघ यूरोपका अध्यक्ष लगायत बिभिन्न पदाधिकारीहरु, पार्षद र बेल्जियम स्थित पत्रकारहरुबीच उक्त घटनाका बारेमा ब्यापक समिक्षा समेत गरिएको थियो । उक्त घटनाको बारेमा नेपाल सरकारको प्रतिनिधी संस्था नेपाली दूतावास ब्रसेल्स बेल्जियममा आधिकारिक जानकारी गराई दोषीलाई आवश्यक कारवाही अगाडि बढाउनको लागि नेपाल पत्रकार महासंघ यूरोप शाखा अन्तर्गत बेल्जियमस्थित पत्रकारहरुको प्रतिीनीधि मण्डल आगामी ३ सेप्टेम्बर २०१३ का दिन नेपाली दूतावास बेल्जियममा जाने निर्णय गरेको कुरा भेला पश्चात जारी गरिएको सामुहिक प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सन्तोष न्यौपानेमाथि सांघतिक आक्रमण गर्ने व्यक्ति जीवन शर्मा एभरेष्ट समाज बेल्जियममा सल्लाहकार तथा प्रवासी नेपाली मंच बुग्रे शाखाका क्षेत्रीय उपाध्यक्ष समेत रहेकाले क्रमश: एभरेष्ट समाज बुग्रे र प्रवासी नेपाली मंच बेल्जियमलाई विभागीय कारवाही गर्न र जिम्मेबारीबाट निलम्बन गर्न जोडदार माग गर्ने तथा सार्बजनिक रूपमा गल्ती स्वीकार गर्नुपर्ने र सवन्धित संगठनहरुले पत्रकार महासंघको अनुरोधलाई स्वीकार नगरे उक्त संगठनहरुका समाचारहरुलाई १ वर्षसम्म बहिष्कार गरिने समेत निर्णय गरिएको छ । भेलाले पत्रकार सन्तोस न्यौपानेलाई साँघातिक आक्रमण गर्ने जीवन शर्मा विरुद्ध बेल्जियमको कानुन बमोजिम अगाडि बढ्नको लागि सहयोग तथा ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेको समेत प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त पत्रकारहरूको भेलाले बेल्जियम लगायत डायस्पोरामा नेपाली समुदायहरुबाट आयोजना गरिने कार्यक्रमहरुमा पत्रकार दिर्घाको व्यवस्था गर्न र समाचार कभरेज गर्न गएका सवै पत्रकारहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गर्न गराउन सवै नेपाली संघसंस्थाहरुलाई हार्दिक अनुरोध गरेको छ ।

भेलामा नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष महेश थापा, उपाध्यक्ष केजिन राई, सदस्य दिपकज्योति पौडेल, पार्षद डिल्ली अम्माई, सन्तोस न्यौपाने, सदस्य नेपाल पत्रकार महासंघ यूरोप, पत्रकार तेजबहादुर नेपाली, शेरबहादुर छन्त्याल, पत्रकार, शालिक गौतम, पत्रकार साइमान आले, पत्रकार दिपक संगौला, पत्रकार नरेश कार्की, पार्षद ॐ शर्मा र पत्रकार बिष्णुप्रसाद सापकोटा उपस्थित रहेका थिए । पत्रकारलाई भौतिक आक्रमण गर्नेको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले घटनाको छानबिन गदै अपराधीलाई कारबाही गर्न दूताबासको ध्यानाकर्षण गरेर यस अघि नै ऐक्यबध्दता जनाइसकेको छ ।

घटनाको महासंघ कुबेत, कतार, जापान शाखाले समेत निन्दा गर्दै दूताबास बेल्जियमबाट कारबाहीको माग गर्दै ऐक्यबद्धता जनाइ सकेको छ भने पत्रकार सन्तोष न्योपाने माथि भएको हमलाको घोर बिरोध क्रान्तिकारी पत्रकार संघ यूरोप, नेपाली कांग्रेस बेल्जियम, नेकपा- माओबादी, बेल्जियम, कपिलबस्तु दिबस अभियानले पनि घटनाले स्तब्ध बनाएको भन्दै अपराधीलाई कारबाही गर्न माग गरिसकेको छ । ***

तपाईको प्रतिक्रिया