Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

जापान – लामो समयदेखि निमोनिया, प्रेसर, सुगर तथा आँखाको रोगबाट पीडित बरिष्ठ साहित्यकार स्व. दैवज्ञराज न्यौपानेको उपचारको क्रममा मीन भवनस्थित निजामति अस्पतालमा गत शनिबार बिहान भएको दु:खद निधनप्रति गैर-आवासीय नेपाली संघ जापानले गहिरो दुख ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

गैर-आवासीय नेपाली संघ जापानका तर्फबाट अध्यक्ष ओम गुरुङले एक बिज्ञप्ती प्रकाशित गर्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ – सशक्त श्रष्टाका रुपमा परिचित ६४ बर्षिय स्व. न्यौपाने भोजपुरको गोगने–१ धाइपामा जन्मनुभई मोति युवा पुरस्कार पाउने पहिलो ब्यक्ति हुनुका साथै दुई बर्ष अघि राष्ट्रपतिबाट नागरिक सम्मान समेत पाउनु भएको थियो । स्व. न्यौपानेले जोरमुरली, सिर्जनाको लहर, तोतेबोलीलगायतका कविता, गीत, समालोचना गरी डेढ दर्जन कृति रचना गर्नुका साथै विभिन्न सङ्घसंस्थाबाट ३०–३५ वटा सम्मान र पुरस्कारबाट सम्मानित भईसक्नुभएको छ ।

स्व. न्यौपानेका आफ्नै सुपुत्र डा. उज्वल न्यौपाने, नेसाज जापानका पूर्व अध्यक्ष तथा गैर-आवासीय नेपाली संघ जापानको पाँचौ अधिवेशनका निर्वाचन कमिटीका सदस्य समेत रहनुभई सहयोग पुरयाउनु भएका हाम्रा परममित्र एवं उहांका शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शत्ति प्राप्त होस भन्ने कामनासहित दिंवंगत आत्माको चिरशान्तिको कामनामा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं – बिज्ञप्तिमा उल्लेख छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया