सिड्नी – नेपाली कला सँस्कृति र परम्परालाई चिनाउँदै अष्ट्रेलियामा रहेका नेपालीहरुले १९ औं विश्व आदीवासी दिवस मनाएका छन् ।
विश्व भाइचारा कायम गर्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा मनाइएको आदीवासी दिवसमा बिभिन्न देशका आदीवासी नेताहरुका साथै अष्ट्रेलिया सरकारका मन्त्री तथा साँसदहरुको समेत उपस्थिती रहेको थियो ।
आदीवासी जनजाती मञ्च अष्ट्रेलियाको आयोजनामा हालै भएको कार्यक्रममा नेपाली परम्परा, कला सँस्कृति र भेषभुषा झल्कने साँगितिक प्रस्तुती प्रदर्शन गरिएको थियो । यसका साथै कार्यक्रममा सहभागी अन्य देशका सहभागीहरुले पनि आफ्नो परम्परा र कला सँस्कृति झल्कने प्रस्तुती पेश गरेका थिए । कार्यक्रममा सहभागी हुन आएका अष्ट्रेलियन सरकारका आप्रवास तथा नागरिकता मन्त्री टोनी बर्कले नेपाली समुदायले अष्ट्रेलियालाई बहुसाँस्कृतिक देश बनाउन महत्वपूर्ण योगदान पुरयाएको बताउँदै यसले ठुलो महत्व राखेको धारणा राखेका थिए । उनले विशेष गरेर आदीवासीहरु जागरुक र कर्मशील भएको बताउँदै यसले देश बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।***








