समयका स्वादहरु

हिँड्दै जाँदा भेटिदै जाँदा
कति साथीले मुटुमा छुन्छन्
बिर्सनै नसक्ने मीठा प्यारा
थुप्रै सम्झनामा थुन्छन्
पुरानो झ्याल खोली एकनासले
पर-पर हेरिरहन्छु
फिँजिएका अनगिन्ती रमाइला क्षण
परेली झिम्काई बेरिरहन्छु
पूर्व सूर्यको लालीले छुँदा
न्यानोपनको अनुभव भइरहन्छ
साटेका असंख्य मुस्कान र हाँसो
फेरि-फेरि चाहानामा आइरहन्छ
रङ्गीचङ्गी फक्रिएका फूलमा
मायाका याद रङ्गीरहन्छन्
ति आत्मिय बितेका पलमा
समयका स्वादहरु बल्झिरहन्छन्
-लस एन्जेलस
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार साउन १९, २०७०
प्रकाशित समय: १८:१९:१७