Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
nrn_frankfort_germanyजर्मनी- दार्चुला सदरमुकामका बाढी पीडितका लागि जर्मनीमा राहत संकलन तीब्र भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) जर्मनी क्षेत्रीय कमिटी एलसीसी हेसेनले १८ सय १२ यूरो संकलन गरेको छ । एनआरएन जर्मनी सचिव रणबहादुर बिक, सदस्यहरु श्याम खनाल, भोजराज त्रिपाठी, एनआरएन हेसेन कमिटी संयोजक विनोद सुवेदी, लोकमणि ढकाल, धनराज पाठक, हरि पाठकको सक्रियतामा राहत संकलन गरिएको हो ।
संकलित रकम एनआरएन जर्मनीका यूथ कोअर्डिनेटर तथा जर्मनीको बाढी पीडित राहत संकलन समितिका संयोजक रणबहादुर साउदलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा युवा उद्यमी कुमार पन्त तथा एनडीएफ जर्मनीका महासचिव कुम्भ रेग्मीको आतिथ्यता थियो ।

तपाईको प्रतिक्रिया