जुरिच – छैठौं एनआरएन यूरोपियन क्षेत्रीय बैठक तथा चौथो एनआरएन यूरोपियन क्षेत्रीय महिला सम्मेलनमा भाग लिन एनआरएनहरु जुरिचमा जम्मा भईसकेका छन् ।
स्वीट्जरल्याण्डको जुरिचमा आजदेखि शुरु हुने सम्मेलनमा यूरोपभरिका एनआरएनहरु, एनआरएनएका अध्यक्ष जिबा लामिछाने लगायत अन्य आईसीसीका पदाधिकारी लगायत नेपाल तथा बर्मा समेतबाट विभिन्न व्यक्तिहरु उपस्थित भईसकेका छन् ।
यूरोपियन एनआरएनहरुको कुम्भ मेलाको रुपमा हेरिएको उक्त सम्मेलनले एनआरएनएको आगामी अक्टोबरमा हुने ग्लोबल सम्मेलनले तय गर्ने भावी रणनीति समेतलाई दिशा निर्देश गर्ने विश्वास लिइएको छ । सम्मेलनको पूर्व सन्ध्यामा हिजो बेलुकी यूरोपभरि
का गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुका बीचमा अन्तरक्रिया कार्यक्रम भएको छ । ***









