Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो –  हरेक बर्ष झैं यो बर्ष पनि तमु धीं जापानले तमुहरुको महान पर्व ल्होसार आउँदो जनवरी २ का दिन सँस्थाको अधिवेशन र विविध साँगीतिक कार्यक्रमसहित टोकियोमा मनाउने भएको छ ।

तमु जातिहरुको महान पर्व ल्होसार (मु प्रि ल्हो) गिद्द, गरुड बर्गलाई मनाउन तमु धीं ले नेपालका चर्चित लोकगायक धनबहादुर तमुलाई जापान निम्त्याउने भएको छ ।

धींका अध्यक्ष याम तमुको अध्यक्षतामा आजै बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । बैठकले ल्होसार कार्यक्रमलाई ब्यवस्थित र भब्यरुपमा सम्पन्न गर्नका लागि धिं का अध्यक्ष याम तमुको संयोजकत्वमा १५ सदस्यीय ल्होसार आयोजक समिति गठन गरेको छ ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिलाई बचाईराख्न तमु धीं जापानले हरेक बर्ष ल्होसार र रोधी साँझ कार्यक्रमको आयोजना गरी नेपालका चर्चित गायक तथा गायिकाहरुलाई जापानमा बोलाई कार्यक्रमलाइ भब्यरुपमा सम्पन्न गर्दै आइरहेको छ । सोही अनुरुप आयोजित ल्होसार कार्यक्रममा सहभागी भईदिन संस्थाले जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध पनि गरेको छ ।

त्यसैगरी सोही दिन सम्पन्न गरिने अधिबेशनका लागि सल्लाहकार प्रमुख ओमप्रकाश तमुको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डलको गठन गरिएको छ । जसमा सल्लाहकारहरु दिनेश तमु, ओम तमु, ईश्वर तमु र गणेशमान तमु रहनुभएको छ । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया