Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

Haribansaकाठमाडौं – कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ विमोचन भएको एक हप्तामै सकिएपछि बजारमा यसको अभाव उत्पन्न भएको छ । २० हजारभन्दा बढी किताब छापिएको हप्ता दिनमै सकिएपछि कलाकार हरिंवश आचार्य दंग छन्। गत वैशाख १५ मा आचार्यले पत्नी मीराको दोस्रो पूण्य तिथि पारी उक्त आत्मकथा पाठकमाझ ल्याएका थिए।

‘यति धेरै किताब बिक्नु भनेको दर्शकले हरिवंशलाई अझै माया गर्छन् भन्ने प्रमाण हो,’ आचार्यले थपे, ‘अर्को कुरा नेपालीहरुको पढ्ने बानी बढेछ।’

स्वयम्भुको होटल वज्रमा सबिना लेहम्यान निर्देशित नाटक ‘द गड अफ कार्नेज’को प्रदर्शनीमा शुक्रबार भेटिएका आचार्यले तर्क गरे, ‘मेरो लेखनलाई मान्छेले मन पराउन थालेको यही किताबबाट चाहिँ होइन, मदनकृष्ण दाइसँग मिलेर धेरै नाटक, टेलिसिरियल र फिल्म लेखेका छौं, ‘मह’ जोडी हिट हुनुमा हाम्रो अभिनयमात्र होइन लेखनको पनि भूमिका पक्कै थियो।’

प्रकाशक फाइनप्रिन्टका सञ्चालकहरुले ‘चिना हराएको मान्छे’ किताबको माग कसरी पूरा गर्ने र किताबलाई चाँडोभन्दा चाँडो कसरी बजारमा ल्याउने भन्नेमा लागिपरेको आचार्यले बताए।

नाटकको पार्टीमा उनी बियरको चुस्की लगाउँदै थिए। ‘आज मापसेको डर छैन किनभने मैले गाडी ल्याएको छैन, आफन्तसँग आएको हुँ, त्यसैले हल्का पिएको,’ उनले भने, ‘धेरैले पिउनकै लागि ड्राइभर राख्छन्, मेरो चाहिँ ड्राइभर छैन र राख्दिनँ पनि, ड्राइभर नभएरै म अनुशासित पनि छु।’ राजधानीमा ट्राफ़िकहरुले सम्साझैदेखि मापसेको चेकिंगलाई तिब्र पार्दै आइरहेका छन, जस्को कारण दुर्घटनामा धेरै कमी आएको सर्बसाधारणले पनि प्रत्याभूति हुने गरी परिवर्तन आएको बताउंछन । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया