फुकुओका-प्रत्येक वर्षगोल्डेन वीकको अवसर पारेर मनाईंदै आएको जापानकै प्रमुख पर्व मध्येको एक हाकाता दोन्ताकु पर्वमा यस पटक नेपालीहरुको सामाजिक संस्था फुकुओका नेपाल सोसाइटीले पनि पहिलो पटक सहभागीता जनाएको छ । फुकुओका नेपाल सोसाइटीका अध्यक्ष मोति श्रेष्ठले दिनुभएको जानकारी अनुसार मे ३ तारिकका दिन दिउँसो ४ बजे हाकाताको रेर्इसेन पार्कबाट नेपाली पञ्चेबाजा सहित शुरु भएको परेडमा यस भेगमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
उक्त दिन भगवान गौतम वुद्ध र सगरमाथा अंकित विशेष टिसर्ट लगाई परेडमा भाग लिई नेपाल र नेपालीको पहिचान झल्काईएको थियो । नेपाली पञ्चेवाजा र परेडमा नेपालीहरुले नाचेको देखेर जापानिज नागरिकहरु पनि हौसिएर नाचेका थिए । जापानकै पुराना पर्वहरुमध्ये हाकाताको प्रख्यात पर्व हाकाता दोन्ताकुमा नेपालीहरुले सहभागीता जनाएको यो पहिलो पटक हो तर आगामी दिनहरुमा पनि निरन्तरता दिने कुरा कार्यक्रम व्यवस्थापकको तर्फबाट भरतराज गौतमले जानकारी दिनुभयो ।










