Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026
haribansa acharyaकाठमाडौं- अभिनेता हरिवंश आचार्यको जीवनी ‘चिना हराएको मान्छे’ बजारमा आएको छ ।
हरिवंश आचार्यको बाल्यकाल, कलाकारितामा प्रवेश, कलाकारितामा सफलता, पत्नीवियोग, पुनर्विवाह लगायत जीवनका उतार चढाव पुस्तकमा उतारिएको छ । हरिवंशले आफ्नी दिवंगत पत्नी मीराको पुण्यतिथीको दिन पारेर आफ्नो जीवनगाथा सार्वजनिक गरेका हुन् ।
अहिले हार्डकभरमा मात्रै बजारमा ल्याइएको यो पुस्तकको मूल्य २ हजार रुपैयाँ रहेको छ । जसको विक्रीबाट प्राप्त हुने रकमको ९० प्रतिशत काभ्रेको शंखुमा मीरा आचार्यको नाममा स्थापित मीरा चाइल्ड केयर सेन्टरलाई प्रदान गरिने जनाइएको छ । तर, सर्वसाधारणका लागि लक्षित पुस्तकको मूल्य भने ३ सय ९८ पर्ने प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।
पुस्तक सार्वजनिक समारोहमा हरिवंशले एउटा कविता वाचन गरे । निक्कै मार्मिक । उनको कविता पुस्तकमा भने समेट्न नसकेको उनले खुलाए ।
कविता यस्तो छ 

अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु

मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु

धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।

तपाईको प्रतिक्रिया