Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

Video call snapshot 17अशान्तिलाई देश बाट भगाऔ नयाँ सालमा
मुलुक भित्र दीगो शान्ति मगाऔ नयाँ सालमा

हत्या हिंसा भ्रष्टचारलाई जरै देखि उखेल्न
त्यस्को विरुद्धमा आवाज उठाऔ नयाँ सालमा

खडेरीमा सुकिसके भातृत्वका ति फुलहरु
चारैतिर हरियाली फुलाऔ नयाँ सालमा

जातियताको निहु पारी एकतामा आगो बाले
समान्ताको मुल फुटाइ निभाऔ नयाँ सालमा

भारतले मिचिसक्यो कैयौ हाम्रा ति सीमारेखा
बैरीबाट त्यो मातृभूमी छुटाऔ नयाँ सालमा

– गैडाकोट-४,नवलपरासी
हाल:इजरायल

तपाईको प्रतिक्रिया