Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

Video call snapshot 105 (1)आलै त्यो रगत माथि के नयाँ नेपाल बनाउँछौ
मातृभूमी आमालाई कठै अझै कती रुवाउँछौ

सिङ्गो राज्यको एकतालाई टुक्रा टुक्रा पार्न खोजी
कलहको बिज रोपेर घर घरमा लडाउँछौ

जनताको हक अधिकार सोच्न त परै जावोस
मर्नु न बाँच्नु बनाइ गरीवलाई तड्पाउँछौ

यस्तो राजनीतिको खेलमा देश अझै खोक्रिदैछ
एक्लै भोग्न सत्ता भत्ता चुनाव भनेर कराउँछौ

संबिधान त बनेन खै के चुनाव पक्कै होला र
यस्तै अविश्वासी रुप मात्र खाली किन देखाउँछौ ?

 

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

 

तपाईको प्रतिक्रिया