Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

photo OK OKमधेसी हो उभो आऊ आज खेलौं होली

भातृत्वको रंग बोकी हामी झर्छौ भोली

तिथि, मिति, चाडपर्व एउटै मान्नुपर्छ

हिमाल,पहाड, तराई, मधेस एउटै ठान्नुपर्छ

राष्ट्र यस्तो हामी यति भन्ने हामीले हो

बस्ने प्रदेश मान्ने कानुन छान्ने हामीले हो

जाली, फटाहा, नामर्दको कति भर पर्ने ?

समयले नेटो काट्यो कहिले जंघार टर्ने ?

लोली–बोली एकै हुने हुनुपर्छ होली

पहाडमा आज खेली मधेस झर्ने भोली

जात, पात, रंगधर्म हुनुहुन्न नेपालीको

भन्ने दृष्य देखाउँने होस् होली यसपालीको

हाँसो, खुशी, सुःख जति यतै मिसाउँला

दुःख, दर्द, पीर जति कतै बिसाउँला

धोती लगाउँ, कुर्ता लगाउँ, दौरा, सुरुवाल, टोपी

कति हिड्ने ? आ-आफैंमा शंका, ग्लानी बोकी

हिड्न अब छोड्नुपर्छ अर्काको दिल बोकी

जे लाए नि नेपाली हुँ भनौं छाति ठोकीठोकी

देखाईछोडौं यस्तो बनोस् होली यसपालीको

राष्ट्रबाहेक अरु मनमा हुन्न नेपालीको

तिमी बोक खोकिलामा ममताको झोली

भातृत्वको रंग बोकी हामी झर्छौं भोली ॥

तपाईको प्रतिक्रिया