Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार येनको भाउमा सामान्य गिरावट देखिएको छ । पछिल्लो समय उतारचढावपूर्ण रहेको येनको मूल्य आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४० पैसा तोकिएको छ । येनको भाउमा गिरावट आउँदा अन्तर्राष्ट्रिय बजारका अन्य शक्तिशाली मुद्राहरूको मूल्य भने अझै उच्च विन्दुमै अडिएका छन् ।

१ अमेरिकी डलरको खरिद दर १५३.१६ रुपैयाँ र बिक्री दर १५३ रुपैयाँ ७६ पैसा कायम भएको छ । आज युरोको बिक्री दर १७५ रुपैयाँ २९ पैसा र खरिद दर १७४.६० रुपैयाँ कायम भएको छ । पाउन्डको बिक्री दर आज २०५ रुपैयाँ ०५ पैसा रहेको छ ।

खाडी र मलेसियाको मुद्रा दर :-

  • कुवेती दिनार: ४९९ रुपैयाँ ५५ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४२ रुपैयाँ १८ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ८७ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ९६ पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ ६४ पैसा
  • बहराइन दिनार: ४०७ रुपैयाँ ८० पैसा

यसैगरी क्यानेडियन डलरको बिक्री दर १०९ रुपैयाँ ०१ पैसा, अस्ट्रेलियन डलर १०७ रुपैयाँ ६९ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर १० रुपैयाँ ४७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ । राष्ट्र बैंकले तोकेको यो दर ‘सन्दर्भ दर’ मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया