समाचार सुन्नुहोस :
काठमाडौँ – कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेर दुई लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भई चार हजार ४१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला पाँच हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ५०० रुपैयाँ मा झरेको थियो भने चाँदी प्रतितोला १५५ रुपैयाँ घटेर चार हजार ३५० रुपैयाँ मा कारोबार भएको थियो।
शुक्रबारको उल्लेख्य गिरावटपछि आइतबार दुवै धातुको मूल्य पुनः बढेको हो। अन्तर्राष्ट्रिय बजारको अवस्था र विनिमय दरमा आउने उतारचढावका कारण नेपाली बजारमा सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।








