Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पको एक महिना बितिसक्दा पनि प्रभावित परिवारहरूको पीडा कम भएको छैन। हजारौँ मानिस अझै बेपत्ता आफन्तको खोजीमा छन् भने धेरैले आफ्ना प्रियजनको शवसमेत फेला पार्न सकेका छैनन्। भवनहरू किन ढले भन्ने विषयमा स्थानीयले निर्माणमा लापरबाही भएको आशंका व्यक्त गरिरहेका छन्।

सरकारी तथ्यांकअनुसार हालसम्म ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ भने १६ हजार ५ सयभन्दा बढी घाइते भएका छन्। बेपत्ताको संख्या भने अझै सार्वजनिक गरिएको छैन। भूकम्पमा आफ्ना २६ जना आफन्त गुमाएका भिक्टर काल्देरोन अहिले पनि बेपत्ता परिवारका सदस्यको खोजीमा छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि अधिकांश अन्तर्राष्ट्रिय टोली फर्किसकेकाले स्थानीयहरू आफैँ भग्नावशेष हटाउन बाध्य छन्।

सरकारले हालसम्म २०० परिवारलाई नयाँ घर उपलब्ध गराएको जनाएको छ। विश्व बैंकका अनुसार भूकम्पबाट करिब १९ अर्ब ६० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ भने पुनर्निर्माणमा वर्षौँ लाग्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया