Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – गणेश नेपालीको आत्मदाह घटनापछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा नखटिँदा न्यूरोड क्षेत्र फेरि अव्यवस्थित बन्न थालेको छ। आइतबार न्यूरोडका मुख्य तथा भित्री सडकमा जथाभावी सवारी पार्किङ गरिएको, चालकहरू सडकमै सवारी रोकेर बसेको तथा केही स्थानमा फुटपाथ व्यापार सञ्चालन भइरहेको देखिएको थियो। यसका कारण सवारी आवागमन प्रभावित हुनुका साथै जामसमेत बढेको छ।

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि भएको विवादका क्रममा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उक्त घटनापछि नगर प्रहरी फिल्डमा कम देखिन थालेका छन्।

गृहमन्त्री सुधन गुरुङले घटनामा स्थानीय सरकारको भूमिका रहेको उल्लेख गर्दै नगर प्रहरीले नै ह्विल लक लगाएको बताएका थिए। त्यसपछि सुरक्षा जोखिमको कारण नगर प्रहरी सडकमा कम परिचालन भएको बताइएको छ। नगर प्रहरीको अनुपस्थितिमा नेपाल प्रहरीले फुटपाथ अतिक्रमण हटाउने र पैदलयात्रीका लागि बाटो खुला गराउने काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया