Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

टोकियो – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार जापानी येनको मूल्यमा थप गिरावट देखिएको छ । पछिल्लो केही समयदेखि निरन्तर ओरालो लागिरहेको येनको भाउ आज प्रति १० इकाइको बिक्री दर ९ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार आज १० जापानी येनको खरिद दर ९ रुपैयाँ ३१ पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा तोकिएको छ । जापानी येनसँगै अन्तर्राष्ट्रिय बजारका अन्य प्रमुख मुद्राहरूको भाउमा पनि आज केही गिरावट देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ १६ पैसा र बिक्री दर १५१ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको बिक्री दर १७२ रुपैयाँ ९७ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्री दर २०० रुपैयाँ ८६ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्कको बिक्री दर १८७ रुपैयाँ ४४ पैसा पुगेको छ ।

खाडी र मलेसियाको मुद्रा दर :-

  • कुवेती दिनार: ४९२ रुपैयाँ ८९ पैसा (नेपाली बजारमा उपलब्ध मुद्रामध्ये सबैभन्दा महँगो)
  • कतारी रियाल: ४१ रुपैयाँ ६३ पैसा
  • युएई दिराम: ४१ रुपैयाँ ३२ पैसा
  • साउदी रियाल: ४० रुपैयाँ ४० पैसा
  • मलेसियन रिंगिट: ३७ रुपैयाँ १५ पैसा
  • बहराइन दिनार: ४०२ रुपैयाँ ५२ पैसा
  • ओमानी रियाल: ३९४ रुपैयाँ २० पैसा

यसैगरी, क्यानेडियन डलरको बिक्री दर १०६ रुपैयाँ ५९ पैसा, अस्ट्रेलियन डलर १०४ रुपैयाँ ४७ पैसा र दक्षिण कोरियाली वन १०० को विनिमय दर ९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारु) सँगको विनिमय दरलाई भने साविक बमोजिम नै प्रति १०० भारुको खरिद १६०.०० र बिक्री १६०.१५ रुपैयाँमा स्थिर राखेको छ  । राष्ट्र बैंकले तोकेको यो दर सन्दर्भ दर मात्र भएकाले खुल्ला बजारमा विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा भने केही सामान्य अन्तर हुन सक्ने बैंकले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया