Deneme Bonusu Veren Siteler
बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिम नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रका स्थानीयवासी लामो समयदेखि आफूहरू राज्यको पहिचान र भूमि अधिकारबाट वञ्चित भएको भन्दै लालपुर्जा र नेपाली नागरिकताको माग लिएर काठमाडौं आएका छन्। आफ्नो थातथलोको सुरक्षा र राज्यबाट पाउनुपर्ने अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।

सुस्तावासीका अनुसार नेपाल–भारत सीमा विषयमा केही समयअघि सरकारका तर्फबाट आएका अभिव्यक्तिपछि सीमामा तनाव बढेको छ। त्यसको असर आफूहरूले भोग्नुपरेको र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट दबाब तथा मानसिक तनाव झेल्नुपरेको उनीहरूको गुनासो छ। पुस्तौंदेखि सुस्तामा बसोबास गर्दै आए पनि नागरिकता र जग्गाको स्वामित्व प्रमाण नपाउँदा आफ्नै देशमा असुरक्षित महसुस गर्नुपरेको उनीहरूले बताएका छन्।

आन्दोलनरत स्थानीयले सुस्ता क्षेत्रमा बसोबास गर्ने योग्य नेपालीलाई तत्काल नागरिकता दिनुपर्ने, भोगचलन गर्दै आएको जमिनको लालपुर्जा उपलब्ध गराउनुपर्ने र सीमा क्षेत्रमा हुने समस्या समाधानका लागि सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग राखेका छन्।

तपाईको प्रतिक्रिया