Deneme Bonusu Veren Siteler
बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत ध्यान दिनुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसद् जनताको सर्वोच्च संस्था भएकाले त्यसको सम्मान गर्ने जिम्मेवारी सांसदहरूकै रहेको बताइन्।

पछिल्लो समय संसद्को गुणस्तर कमजोर भएको भन्ने जनगुनासो बढेको भन्दै उनले यसबारे आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्। संसद्को समय जनताका वास्तविक समस्या, शिक्षा, स्वास्थ्य र सार्वजनिक सरोकारका विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। जनताले तिरेको करबाट संसद् सञ्चालन हुने भएकाले सांसदहरूले पाएको प्रत्येक समय अर्थपूर्ण बहसमा प्रयोग गर्नुपर्ने मन्त्री गौतमले बताइन्।

उनले संसद्को प्रतिष्ठा आफ्नै आचरणबाट कायम हुने भन्दै सांसदहरूले बोल्ने शैली, प्रयोग गर्ने शब्द र व्यवहारमा मर्यादा कायम गर्न आग्रह गरिन्। संसद्प्रति जनताको विश्वास बढाउन आफू पनि पूर्ण रूपमा जिम्मेवार भएर काम गर्ने उनको प्रतिबद्धता थियो।

तपाईको प्रतिक्रिया