Deneme Bonusu Veren Siteler
सोमवार, असार १५, २०८३
Monday, June 29, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा देशका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा सहभागी हुने भएका छन्। मदन भण्डारी फाउन्डेसनले आज ( असार १४ गते) राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएकी छन्।

कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने तय भएको छ। विशेषगरी एमाले अध्यक्ष ओली र माधव नेपाल लामो समयपछि एउटै कार्यक्रममा सँगै देखिन लागेका हुन्।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयमा विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। कार्यक्रम दिउँसो १ः३० बजे सुरु हुनेछ।

तपाईको प्रतिक्रिया