काठमाडौं – स्वतन्त्र सांसद महावीर पुन सरकारको नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।
स्रोतका अनुसार सरकारले हालै थप गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पुनलाई दिने निर्णय गरेको हो । उनीसँगै गृहमन्त्रालयमा फर्किन लागेका सुधन गुरुङको पनि आजै शपथ हुने बताइएको छ । पुन लामो समयदेखि प्रविधि, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।








