Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार दिउँसो शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीमा गुरुङलाई नियुक्ति गरेर शपथको कार्यक्रम तय भएको छ ।

लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए । प्रतिनिधिसभाको २०८२ फागुन २१ को निर्वाचनमा संसद्मा झन्डै दुई तिहाइ सिट जितेपछि गत चैत १३ मा गठित वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया