Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका तीन वटा वडामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ भेटिएको हो। यो रोग मानिसमा पनि सर्न सक्ने उच्च जोखिमयुक्त भएकाले संक्रमित क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायत सामग्री सुरक्षित रूपमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

संक्रमण थप फैलिन नदिन नगरपालिकाले व्यावसायिक पन्छी फार्मका लागि कडा मापदण्ड लागू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत रामनारायण गौलीद्वारा जारी सूचनाअनुसार फार्मभित्र अनावश्यक व्यक्ति र सवारीसाधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ। अत्यावश्यक अवस्थामा प्रवेश गराउनुपरे पूर्ण रूपमा निसंक्रमण गरेपछि मात्र अनुमति दिइनेछ। एउटै फार्ममा काम गर्ने श्रमिक अर्को फार्ममा जान नपाउने र प्रयोग गरिसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

नगरपालिकाले प्रत्येक फार्मको प्रवेशद्वारमा चुन वा निसंक्रामक औषधि राखेर ‘फुटबाथ’ अनिवार्य गर्न निर्देशन दिएको छ। साथै, फार्म क्षेत्रमा कुकुर, बिरालो र मुसा जस्ता जनावरको प्रवेश रोक्न पनि भनिएको छ। पन्छीजन्य वस्तुको ढुवानीमा समेत कडाइ गरिएको छ। अब पन्छी वा पन्छीजन्य पदार्थ ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै, धेरै संख्यामा कुखुरा वा अन्य पन्छी बिरामी परे वा मरेमा जथाभावी नफाल्न र सुरक्षित रूपमा खाडलमा गाड्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया