Deneme Bonusu Veren Siteler
सोमवार, साउन ११, २०८३
Monday, July 27, 2026

काठमाडौँ  – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

सोमबार गरिएको प्रदर्शनमा सहभागी युवाहरूले परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम समावेश भए पनि रोजगारदाताबाट छनोट नहुँदा दुई वर्षपछि नाम हट्ने व्यवस्था परिवर्तन गर्न माग गरेका हुन्। उनीहरूले रोस्टरको म्याद दुई वर्ष थप गर्न तथा भाषा र सीप परीक्षा पास गरेका युवाहरूको फाइल पुनः रोजगारदातासम्म पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जान नपाउने व्यवस्था खारेज गर”, “आश्वासन होइन, नतिजा चाहियो” भन्दै श्रममन्त्रीविरुद्ध नाराबाजी समेत गरेका थिए।

तपाईको प्रतिक्रिया