काठमाडौँ – नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा पुगेको छ। बुधबार चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।








