काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि हुँदै बिक्रीदर १५१ रुपैयाँ माथि पुगेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा पुगेको छ । स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा तोकिएको छ ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र मलेसियाको मुद्राको भाउ पनि उच्च देखिएको छ । आज कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को दिराम एकको बिक्रीदर ४१ रुपैयाँ १४ पैसा र मलेसियन रिंगिट एकको बिक्रीदर ३८ रुपैयाँ ११ पैसा रहेको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा हुँदा दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा कायम भएको छ । कुवेती दिनारको भाउ सबैभन्दा उच्च रहँदै प्रति दिनारको बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा पुगेको छ ।
नेपाली बजारमा भारतीय रुपैयाँको विनिमय दर भने स्थिर रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ ।








