मलेसिया (क्वालालम्पुर)- आठ महिना अगाडि मलेसियामा ज्यान गुमाएका एक नेपालीको बल्ल दाहसंस्कार गरिएको छ । गौडा ९ लमजुङका मनिराज घलेको ज्यान गुमाएको आठ महिना पछि शुक्रबार मलेसियामै दाहसंस्कार गरिएको छ ।
चार वर्ष अगाडि पर्यटक भिषामा मलेसिया आएर अवैधानिक हिसाबले लुकेर सुरक्षा गार्डको काम गरिरहेका घले लामो समयदेखि आफन्तहरुसँग सम्पर्क विहिन हुनुभएको थियो । पछि कामदारहरुले उहाँ काम गर्ने स्थानमै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
सेक्युरिटी कम्पनीमा अर्कैको पासपोर्टको फोटोकपि देखाएर काम गरिहरेका घलेको वास्तविक नाम र ठेगाना पत्ता नलागेको कारण आठ महिनासम्म शव अस्पतालमा रहेको थियो । मलेसियामा रहेका आफना दाजु गम बहादुर घलेले भाइको खोजी गर्न थालेपछि उहाँको पहिचान खुलेको थियो ।
शव नेपाल पठाउन असजिलो भएको र पठाउँदा धेरै खर्च लाग्ने भएपछि मलेसियामा नै उहाँको दाहसंस्कार गरिएको हो ।
उहाँको मृत्युको कारण भने हालसम्म थाहा हुन सकेको छैन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर १०, २०६८
प्रकाशित समय: ७:२५:२५