Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको क्योटो प्रान्तमा केही सातादेखि हराइरहेका ११ वर्षीय बालकको शव फालेको आरोपमा पक्राउ परेका सौतेनी बुवाले बालकको हत्या गरेको स्वीकार गरेका छन् । अनुसन्धान स्रोतका अनुसार उनले बालकको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

३७ वर्षीय युकी अदाचीले पक्राउअघि अनुसन्धानकर्तासमक्ष “घाँटी थिचेर मारेँ” भन्ने आशयको बयान दिएको जनाइएको छ । उनी हराइरहेका ११ वर्षीय युकीका सौतेनी बुवा हुन् ।

प्रहरीका अनुसार उनले मार्च २३ को बिहानदेखि सोमबार दिउँसोसम्मको अवधिमा नान्तान क्षेत्रमा बालकको शव फालेर लुकाउने प्रयास गरेका थिए । शव फेला पर्नुअघि उनले प्रमाण लुकाउन विभिन्न स्थानमा शव सार्दै लगेका थिए ।

बालक मार्च २३ देखि हराएका थिए । सौतेनी बुवाले आफूले बालकलाई विद्यालय पुर्‍याउन गाडीमा लगेको बताएका थिए, त्यसपछि प्रहरीले व्यापक खोजी अभियान सुरु गरेको थियो । प्रहरीले संदिग्धको गाडी विद्यालय नजिक पुगेको पुष्टि गरे पनि बालक गाडीभित्र थिए वा थिएनन् भन्ने खुलाएको छैन ।

स्रोतहरूका अनुसार घटनाको दिन बिहान संदिग्धले आफ्नो कम्पनीमा घरमा केही समस्या परेको भन्दै बिदा लिएको जानकारी दिएका छन् । उनी नान्तान नजिकै क्योताम्बास्थित एक इलेक्ट्रोनिक्स कम्पनीको कारखानामा कार्यरत रहेको बताइएको छ।

प्रहरीका अनुसार खोजी तीव्र भएपछि मार्च २९ मा बालकका एक आफन्तले विद्यालयबाट करिब तीन किलोमिटर टाढा जंगल क्षेत्रमा उनको स्कुल ब्याग फेला पारेका थिए। त्यसपछि अप्रिल १२ मा विद्यालय र घरबीचको क्षेत्रमा बालकको हुन सक्ने कालो जुत्ता पनि बरामद गरिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया