Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – आगामी मनसुनलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद् न्यूनीकरणका लागि विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागले मनसुनभर मौसम र बाढीसम्बन्धी पूर्वानुमान तथा सूचना प्रणाली २४ घण्टा सञ्चालन गर्ने जनाएको छ।

निमित्त महानिर्देशक अर्चना श्रेष्ठका अनुसार दैनिक दुई पटक नियमित मौसम पूर्वानुमान जारी हुनेछ भने विशेष अवस्थामा केही दिनअघि नै चेतावनीसहित सूचना दिइनेछ। भारी वर्षा, चट्याङजस्ता जोखिमबारे रङ्ग सूचकसहितको नक्सामार्फत जानकारी उपलब्ध गराइनेछ। प्रमुख नदीहरूमा तीन दिनअघि नै बाढीको पूर्वानुमान गरिनेछ भने साना नदीमा आकस्मिक बाढीको सूचना केही घण्टा अगावै दिइने व्यवस्था गरिएको छ।

जोखिमयुक्त क्षेत्रमा एसएमएसमार्फत निःशुल्क सूचना पठाइनेछ। साथै, टोल–फ्री नम्बर, वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि जानकारी उपलब्ध हुनेछ। सम्बन्धित निकायसँग समन्वय गर्दै समयमै चेतावनी दिने तयारी गरिएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया