Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा विद्यार्थी संगठन खारेज गर्ने तयारीको विरोध गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत संगठनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार चैत २९ देखि वैशाख ५ गतेसम्म विभिन्न समूहसँग अन्तरक्रिया र देशभरका क्याम्पसमा छलफल गरिनेछ। त्यसपछि वैशाख ७–९ गते क्याम्पसमा जनचेतनामूलक गतिविधि, ब्यानर प्रदर्शन र हस्ताक्षर संकलन गरिने जनाइएको छ। यस्तै, वैशाख ११ र १२ गते विभिन्न निकायमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइनेछ भने वैशाख १५ गते देशव्यापी प्रदर्शन गर्ने तयारी छ। विद्यार्थी नेताहरूले सरकारको कदमलाई अस्वीकार्य भन्दै आवश्यक परे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

यससँगै उनीहरूले विश्वविद्यालय सुधार, परीक्षाफल समयमै प्रकाशन, महँगी नियन्त्रण र हालका घटनाको निष्पक्ष छानबिनजस्ता माग पनि अघि सारेका छन्।

तपाईको प्रतिक्रिया