Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गरेसँगै वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १८२ सिट जित्दै रास्वपा संसदको सबैभन्दा ठूलो दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्नेमा रास्वपा एक्लैले स्पष्ट बहुमत प्राप्त गरेको हो ।

निर्वाचनअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको रास्वपाले अब उनलाई संसदीय दलको नेता चयन गर्नेछ । दलको नेता चुनिएपछि संविधानको धारा ७६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बहुमत प्राप्त दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने भएकाले बालेनले तत्काल संसदमा विश्वासको मत लिनु पर्ने छैन ।

संविधानविद् विपिन अधिकारीका अनुसार बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले सिधै प्रधानमन्त्री नियुक्त गर्ने र त्यस्तो प्रधानमन्त्रीका लागि विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था संविधानमा छैन । अधिकारी भन्छन्, ‘राष्ट्रपतिले बहुमत प्राप्त दलको नेताको नाम मागेर प्रधानमन्त्री नियुक्त गर्नुपर्छ, यसमा कुनै प्रक्रियागत जटिलता छैन ।’

संवैधानिक प्रावधान अनुसार बालेन प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन । यसले सरकारलाई स्थिरता दिने देखिन्छ । यद्यपि, दल विभाजन भएमा वा सरकारमा सहभागी अन्य दलले समर्थन फिर्ता लिएमा भने ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

संसदीय दलको नेता परिवर्तन भएको अवस्थामा प्रधानमन्त्रीको बहिर्गमनबारे संविधानमा केही प्रक्रियागत अस्पष्टता रहे पनि बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा रास्वपा विश्वस्त देखिएको छ । जनतामाझ गरिएको बाचा अनुसार नै बालेनले अब देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने तयारी सुरु भएको छ ।

तपाईको प्रतिक्रिया