Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार भने सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कायम रहेको थियो।

त्यसैगरी चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमै किनबेच भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया