समाचार सुन्नुहोस :
काठमाडौँ – खाना पकाउने एलपी ग्यासको अभाव र मूल्यवृद्धिले अहिले उपभोक्ताहरूलाई ठूलो समस्या परेको छ। नेपाल आयल निगमले ग्यास आपूर्तिमा कुनै समस्या नभएको बताइरहे पनि बजारमा भने केही बिक्रेताले मनपरी मूल्य लिइरहेको पाइएको छ।
निगमले तोकेको प्रतिसिलिन्डर ग्यासको मूल्य १९१० रुपैयाँ भए पनि केही ठाउँमा २५०० रुपैयाँसम्ममा बिक्री भइरहेको गुनासो आएको छ। यसले उपभोक्तालाई थप आर्थिक बोझ परेको छ। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढेको द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने चर्चा भए पनि नेपालमा भने त्यसको प्रत्यक्ष असर नदेखिएको उद्योगी तथा सरकारी निकायले बताएका छन्।
तर वास्तविक आपूर्ति समस्या नभए पनि बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको उपभोक्ताको आरोप छ। यसले ग्यास सहज रूपमा नपाइने र महँगोमा किन्नुपर्ने अवस्था बनेको छ।








