समाचार सुन्नुहोस :
काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक राहदानी ( रातो पासपोर्ट ) सरकारलाई फिर्ता गरेका छन्। मन्त्रीका रूपमा प्रयोग गर्न दिइएको उक्त राहदानीको प्रयोजन समाप्त भएपछि उनले मंगलबार परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा फिर्ता बुझाउन अनुरोध गरेका हुन्।
‘मलाई अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनहुन अनुरोध गरेको छु ।’, अर्थमन्त्री खनालले अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बुझाएको पत्रमा उल्लेख छ ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा अर्थमन्त्री नियुक्त भएपछि खनाललाई कूटनीतिक राहदानी उपलब्ध गराइएको थियो। अहिले उनले उक्त राहदानी फिर्ता गरेका हुन्।








