Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – इरानमा एक जापानी नागरिक पक्राउ परेपछि जापान सरकारले उनको शीघ्र रिहाइका लागि कडा माग गरेको छ । समाचार संस्था ‘रेडियो फ्री युरोप’का अनुसार पक्राउ पर्ने व्यक्ति जापानको सार्वजनिक प्रसारक संस्था एनएचकेका तेहरान ब्युरो प्रमुख हुन् ।

जापानका उप-मुख्य क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा ती नागरिकलाई गत जनवरी २० मा इरानी अधिकारीहरूले नियन्त्रणमा लिएको पुष्टि गरे । यद्यपि, गोपनीयताको कारण देखाउँदै सरकारले उनको परिचय भने औपचारिक रूपमा खुलाएको छैन ।

रेडियो फ्री युरोपका अनुसार उनलाई गत सोमबार तेहरानस्थित ‘एभिन जेल’मा लगिएको छ, जहाँ सामान्यतया राजनीतिक बन्दीहरूलाई राख्ने गरिन्छ । उनलाई कुन आरोपमा पक्राउ गरिएको हो भन्नेबारे अहिलेसम्म प्रस्ट भइसकेको छैन ।

जापानी सरकारले पीडित नागरिक र उनको परिवारसँग सम्पर्कमा रहेको र आवश्यक कूटनीतिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ । यता एनएचकेले आफ्ना कर्मचारीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको छ ।

पछिल्लो समय इरानमा विदेशी नागरिकहरू पक्राउ पर्ने क्रम बढ्दै जाँदा जापानले यस विषयलाई गम्भीरतापूर्वक लिएको छ ।

 

तपाईको प्रतिक्रिया