Deneme Bonusu Veren Siteler
मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

टोकियो – उत्तरी जापानको आकिता प्रान्तमा स्थानीय समुदायले राम्रो बालीनाली र सुख-शान्तिको कामना गर्दै परम्परागत रूपमा एक ‘पवित्र वृक्ष’मा आगो लगाएर विशेष उत्सव मनाएका छन् । चन्द्र पात्रोअनुसार नयाँ वर्षको समाप्तिसँगै मनाइने ‘कुजोगुरो हिमात्सुरी कामाकुरा’ पर्वको अवसरमा यो अग्नि-प्रज्वलन गर्ने परम्परा रहिआएको छ ।

किताआकिता सहरको कुजोगुरो बस्तीमा मनाइने यो जात्राको इतिहास १७ औं देखि १९ औं शताब्दी (एडो कालखण्ड) सम्म पुरानो रहेको मानिन्छ । आइतबार साँझ हिउँले ढाकिएको धान खेतको बीचमा स्थानीय बासिन्दा र दर्शकहरू भेला भएर यो उत्सव हर्षोल्लासका साथ मनाएका हुन् ।

उत्सवका लागि स्थानीयले करिब १३ मिटर अग्लो एउटा विशाल रुखलाई डोरीले तानेर सिधा उभ्याएका थिए । सूर्यास्तपछि उक्त रुखमा आगो लगाइएको थियो । रुखबाट निस्किएको विशाल अग्नि शिखाले रातको आकाश नै धपक्कै बलेको देखिन्थ्यो ।

सो अवसरमा स्थानीय बालबालिकाहरूले समुदायको ‘रक्षक देवता’सँग आगामी वर्ष राम्रो उब्जनी होस् र सबैको सुरक्षा होस् भनी प्रार्थना गरेका थिए । रुखमा आगो लगाउन सहयोग गरेका कक्षा ४ मा अध्ययनरत एक बालकले भने, ‘आगो निकै तातो थियो, तर एउटा सानो ज्वाला बिस्तारै विशाल बनेको हेर्नु निकै रोमाञ्चक रह्यो ।’

कुनै समय यो पर्व निरन्तर चल्दै आए पनि बीचमा केही समयका लागि बन्द भएको थियो । रुखलाई बेर्नका लागि आवश्यक पर्ने परालको अभाव र गाउँमा घट्दो जनसंख्याका कारण यो परम्परा संकटमा परेको थियो ।

स्थानीयको सक्रियतामा यो उत्सवलाई १२ वर्षअघि पुनः ब्युँताइएको थियो । यद्यपि, स्रोत साधन र जनशक्तिको कमीका कारण आगामी वर्षपछि यस पर्वलाई निरन्तरता दिन सकिने वा नसकिने भन्नेमा आयोजकहरू अन्योलमा छन् । जापानी संस्कृति र कृषिसँग जोडिएको यस्ता मौलिक परम्परा जोगाउनु अहिले मुख्य चुनौती बनेको छ ।

तपाईको प्रतिक्रिया